(Thursday , 16 April,2026)

५ दिन प्रभावित क्षेत्रमा टेलिकमको फोन र एसएमएस सेवा निःशुल्क

संवाददाता

संवाददाता

काठमाडौँ । नेपाल टेलिकमले रुकुम पश्चिम, जाजरकोट र रुकम पूर्व क्षेत्रमा ५ दिनका लागि भ्वाइस कल (टेलिफोन) र एसएमस सेवा निःशुल्क गराएको छ ।

गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको हो ।

यस्तै सो क्षेत्रमा ५ दिनको अवधिका लागि निःशुल्क भ्वाइस र एसएमएस सेवा सहितको निःशुल्क सिम उपलब्ध गराउने घोषणा टेलिकमले शनिबार गरेको छ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ ।

हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु राम्रोसँग सञ्चालनमा रहेको टेलिकमले जनााएको छ । 

प्रवक्ता शोभन अधिकारीका अनुसार विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्ध छ ।‘उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइसेवा उपलब्ध गराइनेछ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।

कम्पनीका सेवा सम्बन्धी समन्वयका लागि कम्पनीका कर्मचाहरीहरु प्रकाशचन्द्र सिग्देल (९८५१०२१७४०), जनक डाँगी (९८५१११०९९५५) र ओम प्रकाश ढकाल (९८५१३४७८७०)सँग सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal