काठमाडाैँ । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खसीबोका र च्यांग्रा बिक्री कम भएपछि मूल्य घटाएको छ । कम्पनीले दसैँका लागि खसीबोका र च्यांग्रा असोज २९ गतेबाट बिक्री सुरु गरेको थियो । बिक्री गर्न थालेको ४ दिन पछि खसीबोका र च्याग्रा खरिद गर्ने उपभोक्ता खाद्य कम्पनीमा कम आएपछि प्रतिकिलो खसीबोकामा २० रुपैयाँ र च्यांग्रामा २५ रुपैयाँ घटाएको हो ।
खसीबोका प्रतिकिलो २० घटाएर ६ सय ६० निर्धारण गरेको छ भने च्याग्रांमा प्रतिकिलो २५ घटाएर १२ सय ३५ निर्धारण गरेको छ । जसमा १० रुपैयाँ छुट दिएर अब कम्पनीले ६ सय ५० रुपैयाँ खसीबोका र १२ सय २५ रुपैयाँ च्यांग्रा बिक्री गर्ने निर्णय दिएको खाद्य व्यापार कम्पनीका सूचना अधिकारीले सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
पहिलो दिन कम्पनीले च्यांग्रको मूल्य १२६० निर्धारण गरी यसमा १० रुपैयाँ छुटमा बिक्री गरेको थियो भने खासीबोका ६ सय ८० रुपैयाँ निर्धारण गरी छुटमा ६७० मा बिक्री गरेको थियो । विगतका खाद्यमा खासीबोका र च्यांग्रा लिन उपभोक्ताको आक्रर्षण नदिएपछि खसीबोका र च्यांग्रा दुबैको मूल्य घटाएको खाद्य व्यापार कम्पनीका सूचना अधिकारीले सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
अन्य बजारमा पनि यस वर्षको दसैँमा खसीबोका र च्यांग्रा खरिद गर्नेको विगतका जस्तो भिडभाड नहुँदा उपभोक्तालाई आर्थिक भार बढी भएकै कारणले खरिद कम भएको हुन सक्ने हुँदा कम्पनीले पहिलेको मूल्य समायोजन गरेको उनको भनाइ छ । बजार मूल्य नियन्त्रण गर्नका लागि कम्पनीले पहिलोको मूल्यबाट थप घटाएर खसीबोका र च्याङ्ग्रा विक्री गर्ने निर्णय लिएको उनले बताए । चाडपर्वमा व्यापारीहरुले उपभोक्ताबाट चर्को मूल्य असुल्ने सम्भावनालाई रोक्न सरकारी खाद्य कम्पनीले हरेक वर्षको दसैँमा खसीबोका र च्यांग्रा खरिद गरी राजधानीमा ल्याएर बिक्री गर्दै आएको छ ।
सूचना अधिकारी सुवेदीका अनुसार दसैँका लागि कम्पनीले २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याउने योजनामा यस पटक २ हजार २ सय १२ वटा मात्र ल्याएको छ । जस मध्येमा बिहिबार सम्ममा ६ सय ३० वटा खसीबोका र च्याङ्ग्रा विक्री भएका छन् । जसमा च्यांग्रा १ सय १६ वटा विक्री भएका छन् । हजार च्याङ्ग्रा ल्याउन भनेको ५ सय ६० मात्र ल्याएको छ भने खसीबोका २ हजार ल्याउने भनेको १ हजार ६ सय ५२ वटा मात्र ल्याएको छ ।
सूचना अधिकारीले सुवेदीका अनुसार खसीबोका हेटौँडा तूल्सीपुरबाट ल्याएको छ भने रसुवाबाट ल्याएको हो । कम्पनीले खसीबोका र च्यांग्रा खरिद गर्न ८ करोड ३६ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटमा २ हजार खसीबोका र १ हजार च्यांग्रा खरिद गर्ने तयारी गरेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार गत वर्षको दशैंका लागि खसीबोका र च्यांग्रा खरिद गर्न ६ करोड ५० लाख रुपैयाँ छुट्याइएको थियो ।
गत वर्षभन्दा कम्पनीले यस वर्षको दशैंका लागि खसीबोका र च्यांग्रा खरिद गर्न करिब २ करोड रुपैयाँ बढी छुट्याएको थियो । कम्पनीले गत वर्ष तुलसीपुर र वीरगन्जबाट एक हजार १९४ वटा खसीबोका किनेको थियो भने दार्चुलाबाट १६२ वटा च्यांग्रा खरिद गरेको थियो ।
प्रतिक्रिया