(Thursday , 16 April,2026)

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेको हो । 

  बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गरेका थिए । सरकारलाई चाडो भन्दा चाडो पूर्णता दिने विषयमा पनि सामान्य छलफल भएको नेता लेखकले बताए । उनले भने, “सरकार चाडै विस्तार गर्नेबारे छलफल भयो, कुरो नमिल्ने केही कुरा छैन, सबै दलहरु अत्यन्त लचिलो हुनुहुन्छ, चाडो सरकार विस्तार गर्ने र गठबन्धनलाई निरन्तरता र दीगो बनाउन सबै दल लचिलो र प्रतिबद्ध हुनुहुन्छ । बैठकमा त्यही किसिमले कुराकानी भएको छ ।”     
     
 नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका साथै मन्त्रिमण्डल विस्तार र मन्त्रालय भागबण्डाबारे पनि छलफल भएको र भोलि बिहानको बैठकबाट सबै विषय टुङ्ग्याउने निर्णय भएको जानकारी दिए । उनका अनुसार गठबन्धनको बैठक भोलि बुधबार बिहान पुनः बस्नेछ ।     

 बैठकमा सत्ता साझेदार दलमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी थियो  । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal