(Wednesday , 22 April,2026)

प्रधानमन्त्री दाहालले गरे पदबहाली

mountainejournal.com

mountainejournal.com

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण  गरेका गरेका छन् ।   सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गरेको थियो ।   


राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री दाहाल लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

 त्यसलगत्तै उनले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिवलाई स्मरण गरे  । त्यसपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उनले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गरे ।  त्यसलगत्तै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगी थिए । प्रधानमन्त्रीको पद बहालीलगत्तै मन्त्रिपरिषद्को बैठक समेत सुरु भएको थिए । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal