(Friday , 01 May,2026)

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमिततालाई रोक्ने : मन्त्री श्रेष्ठको पहिलो निर्णय

mountainejournal.com

mountainejournal.com


काठमाडौं । नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमिततालाई रोक्नु सरकारको पहिलो काम हुने बताएका छन् । 


 सोमबार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा मन्त्री श्रेष्ठले भने,‘ भ्रष्टाचार गर्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु भन्ने नसोचे हुन्छ ।  भ्रष्टाचार गर्नेहरूले वा पैसालाई मात्र केन्द्रबिन्दुमा राख्नेहरूले बाहिरबाट मन्त्रालयलाई कब्जा गर्छु । ऐन, नियमलाई आफैं बनाउँछु भन्ने दिन अब गए भन्ठान्नुस् ।’ 
मन्त्री श्रेष्ठले सरकारको मुख्य उद्देश्य सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु रहेको बताए ।  कुनै पनि काम जनताले भनसुन नगरी र घुस नखुवाई गर्नसक्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 


उनले भने ‘जनताले कमसेकम संविधान, कानुन र नियम अनुसार हुनुपर्ने काम भनसुन नगरी, घुस नखुवाई हुने वातावरण हामीले दिनुपर्छ । त्यसपछि हामीले अरु परिवर्तन जनतालाई दिनुको अर्थ रहन्छ । 


जनताको जीवनमा परिवर्तन हुनेगरी शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, खानेपानी, सडक, बिजुली हामीले उपलब्ध गराउनु पर्ने हुन्छ ।’ मन्त्री श्रेष्ठले जनतालाई डेलिभरी दिने कुरालाई प्राथमिकतामा राखेर आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको बताए । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal