(Friday , 01 May,2026)

७ दिनभित्र प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपतिद्धारा आह्वान

mountainejournal.com

mountainejournal.com

काठमाडौं । ७ दिनभित्र प्रधानमन्त्रीमा दाबी पेश गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले गर्न आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी हुन् ।

संविधानको धारा–७६ को उपधारा–१ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा–२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गरेकी हुन् ।

त्यसकालागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको छ । संविधानको धारा–७६ को उपधारा–२ मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने उल्लेख छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal