(Thursday , 16 April,2026)

प्रधानमन्त्रि देउवाले बुझाए चुनावी खर्च

mountainejournal.com

mountainejournal.com


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् । 

निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाउनुभएको छ । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।
 
प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गर्नुभएको हो । उनले निर्वाचनमा रु २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गर्नुभएको सहसचिव महरले जानकारी दिए ।  प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उनले बताए । 

यस्तै नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्णबहादुर मल्लले  १३ लाख ८ हजार रुपैयाँ, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले १ लाख १६ हजार रुपैयाँ, विक्रमबहादुर शाहीले २ लाख २ हजार १९० रुपैयाँ र राप्रपा उम्मेदवार गोविन्द खडायतले ४ लाख ४० हजार रुपैयाँ खर्च भएको भन्दै विवरण बुझाएका छन् ।
 
जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ  ३१ लाख रुपैयाँ प्रदेशसभा (१)का लागि  २१ लाख रुपैयाँ र प्रदेशसभा (२) का लागि  १९ लाख रपैयाँ खर्चको सीमा तोकिएको थियो ।

एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुई वटा प्रदेशसभामा १२ गरी २० उम्मेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए । उनका अनुसार आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले पनि चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाए जानारी दिए । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal