(Friday , 16 January,2026)

विराटनगरलाई हराउँदै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम

mountainejournal.com

mountainejournal.com

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार साँझ भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर एक बलमा ७८ रनमा समेटिएको हो ।

सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो सिजनमा सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal