(Saturday , 14 June,2025)

अनावश्यक खर्च कटौतीमा ध्यान दिन्छु : अर्थसचिव उपाध्याय

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । नवनियुक्त अर्थसचिव घनश्याम उपाध्यायले राजस्व वृद्धि, पुँजीगत खर्च वृद्धि र अनावश्यक खर्च कटौतीमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार अर्थ सचिवको कार्यभार सम्हाल्दै उपाध्यायले उत्पादन वृद्धि लगायतमा काम गर्दै थप लगानीका लागि वातावरण सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका हुन् । 

आज मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ र उपाध्यायलाई स्वागत गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा. घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal