काठमाडौँ । अब नेपाली नागरिकले पनि भारतमा मोबाइल सिम कार्ड पाउने भएका छन् । यस अघि नेपाली भारतले नागरिकताका आधारमा सिम कार्डको वितरण रोकिएको थियो । सिम कार्ड नपाउँदा भारत आउने नेपाली नागरिकले सञ्चार सम्पर्कबाटै डाटा राख्नु अवस्था थियो ।
अब त्यो झन्झट हटेको छ ।
भारत आउने नेपाली नागरिकले नागरिकताका वा पासपोर्टका आधारमा सिम कार्ड प्रयोग गर्ने पाउने भारत सरकारले नीतिगत निर्णय गरी को सकेको नयाँदिल्लीस्थित नेपाली दुतावासका कार्यबाहक राजदुत डा सुरेन्द्र थापा जानकारी दिए । नेपालबाट भारत भ्रमणमा गएका पत्रकारहरुसँग भएको भेटघाट छलफलका क्रममा थापाले नेपाली नागरिकले अब नागरिकताका आधारमा मोबाइल सिम कार्ड लिन पाइने सहमती भएको उनले जानकारी दिएका हुन् ।
नेपाली नागरिकले पासपोर्ट वा त्यसको विकल्पमा नागरिकता आधारमा सिम कार्ड पाउने उनले बताए । नेपालीलाई नागरिकता आधारमा सिम कार्ड दिन भारत सरकारले नीतिगत निर्णय गरी सम्बन्धित टेलिकम कम्पनीलाई निर्देशन समेत दिइरहेको उनले जानकारी दिए । भारतीय टेलकमले आप्mनो प्रणालीमा सुधार गरेपछि नेपाली नागरिकले भारतमा नागरिकताका आधारमा सजिलै मोबाइल सिम कार्ड पाउने उनले जानकारी दिए ।
नेपाली नागरिकलाई नागरिकताका आधारमा सिम कार्ड दिन मिल्ने व्यवस्था गर्ने भारत सरकारसँग लामो समयदेखि गरेको प्रयास सफल भएको कार्यबाहक राजदुत थापाले जानकारी दिए । भारतको सरकारले २०१२ मा विदेशी नागरिकलाई सिम कार्ड दिनुपर्दा उसको यात्रा अनुममति अवधि(भिसा) का आधारमा मात्रै सिम कार्ड दिनुपर्ने व्यवस्था गरेको छ । नेपालीलाई भारत जान भिसा लाग्ने हुँदा नेपाली नागरिकताका आधार दिन मिल्ने भारत सरकारले निर्णय गरेको थापाले जानकारी दिए ।
प्रतिक्रिया