(Thursday , 03 October,2024)

निगमको नयाँ भण्डारण गृहको रिटेनिङ वालको निर्माण अन्तिम चरणमा  

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । निगमको नयाँ भण्डारण गृहको रिटेनिङ वालको निर्माण अन्तिम चरणमा  काठमाडौँ । रुपन्देही स्थती रोहिणी खोला किनारको जग्गामा नेपाल आयल निगमको नयाँ भण्डारण गृहको रिटेनिङ वाल’ (पर्खाल) निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भण्डारण गृह निर्माण गर्न पहिलो चरणमा  जग्गा सम्याउने र रिटेनिङ वाल (पर्खाल) लगाउने अन्तिम पुगेको हो ।  नेपाल आयल निगम लिमिटेडले लुम्बिनी प्रादेशिक कार्यालय,भैरहवाका सहक प्रबन्धक तेजराज तिमेल्सिनाले भदौ महिनाभित्रमा पहिलो चरणको सबै काम सम्पन्न हुने जानकारी दिए ।

वर्सातका कारण लक्ष्य भन्दा केही ढिला भएको उनले बताए । परियोजनामा संलग्न इन्जिनियर अंकित रिमालका अनुसार करिब ८५ प्रतिशत काम हालसम्म सकिएको छ ।  खोला किनारमा ग्याबिन वाल लगाउँदा बर्सातको पानीले अप्ठयारो पारेको केही समय ढिलो भएको इन्जिनियर रिमालले जानकारी दिए । 

डिपो निर्माण परियोजनाका संयोजक इञ्जिनियर प्रदीप यादवका अनुसार परियोजनाको सबै काम तीन वर्ष भित्र २०८३ मा सक्ने लक्ष्य लिएका छ । निर्माण हुने डिपो भन्दा पुरानो डिपोबाट ८ किलोमिटरको दुरी छ । यो डिपो भैरहवाको ओमसतिया गाउँपालिका–५ र रोहिणी गाउँपालिका–३ भित्र बन्नेछ । ओमसतिया गाँउपालिकामा ७० प्रतिशत जग्गा छ भने रोहिणीमा ३० प्रतिशत छ । दुई पालिकामा करिब १५ बिघा जमिन छ ।  उक्त जमिन निगमले २०७३ सालमा किनेको थियो ।

भलवारीको डिपो चालीस वर्ष पुरानो हो । जुनसुकै बेला आगो लाग्ने अवस्थाको छ । दश वटा गाडीका लागि बनाएको डिपोमा अहिले सय भन्दा बढी गाडी छन् ।’ बस्तीको बीचमा भएकाले पनि डिपो स्थानान्तरण गर्नु पर्ने अति आवश्यक हुँदा नयाँ डिपो बनाउन थालेको निगमले जनाएको छ । 
भलवारीको डिपोको भण्डारण क्षमता करिब एक सातालाई मात्र पुग्नेछ ।

अब निर्माण हुने थालको नयाँ डिपो करिब तीन सातालाई पुग्ने क्षमताको हुने इञ्जिनियर प्रदीप यादवको भनाइ छ । पूर्वाधार डिजाइनको काम काठमाडौँ विश्वविद्यालयले गरि रहेको छ । यादवको अनुसार २१ लाख लिटरको तीन वटा डिजेल, र १६ लाख लिटरको दूई वटा पेट्रोल र ७० गिएलको तीन वटा मट्टीतेलको भण्डार गृह निर्माण हुनेछ ।

 निगमका अनुसार मोतिहारी–सर्लाही एलपिजी ग्यास पाइपलाइन समेत निर्माण गर्ने प्रक्रिया अघि बढाउन लागेको छ । कुल १३० किलोमिटर लामो यो पाइपलाइनको लागत खर्च १५ अर्ब रूपैयाँ छ । अहिले भारत बुलेट व्यवसायीले ग्यास ढुवानी गरिरहेका छन् । त्यसबापत उनीहरुले वार्षिक ६ अर्ब रूपैयाँ लैजान्छन् । यो पाइपलाइन बनेर सञ्चालनमा आएपछि बाहिर पैसा जान रोकिनेछ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal