काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको छ ।
यही साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँबराबर पुगेको थियो । यस आधारमा साउन २ गतेको तुलनामा शुक्रबार एक सय रुपैयाँले वृद्धि भएको हो । बिहीबार भने प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा शुक्रबारका लागि भने एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया