काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्राविधिक कर्मचारीहरू एक महिनादेखी आन्दोलन रहेका छन् । कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघमा समायोजन भएका नेपाल कृषि सेवाका प्राविधिक कर्मचारीहरुको स्थायी पुल दरबन्दी स्वीकृति, पददर्ता र पदस्थापना कायम गर्न माग गर्दै गत असार १६ गतेदेखि आन्दोलन सुरु गरेका थिए । आन्दोलनमा कृषि मन्त्रालय अन्तर्गत आयोजनामा कार्यरत ३७८ जना कर्मचारी रहेका छन् । उनीहरुका स्थायी पुल दरबन्दी स्वीकृति, पददर्ता र पदस्थापना कायम गर्न, स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्नेलगायत माग राखेका छन् ।
एक महिनादेखि बसै काम ठप्प गरी आन्दोलन गरि रहेका छन् । माग पुरा गर्न आन्दोलन जारी राख्ने उनीहरुको अडान छ । कर्मचारीले विरोधस्वरूप बिहान साढे ९ देखि १२ सम्म मन्त्रालयको प्रवेशद्वारमा धर्ना दिइरहेका छन् । कृषिमन्त्री रामनाथ अधिकारीको १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै आश्वासन दिएपछि मन्त्रालयको गेट अगाडीको धर्ना कार्यक्रम स्थगित गरेका थिए ।
मन्त्रीको आश्वासन र निर्देशन अनुसार काम नभएपछि फेरि बुधकारदेखि विहान ९ देखि १२ बजेटको धर्ना कार्यक्रमलाई पुनः निरन्तरता दिएका छन् । सरकारले हाम्रा माग पुरा नहुँदासम्म आन्दोलन फिर्ता नगर्ने आन्दोलनका संघर्ष समितिका संयोजक माधव पौडेलले जानकारी दिए । उनले भने,‘सरकारले ०७५ सालमा समायोजन अध्यादेशमार्फत संघमा समायोजन ग¥यो, त्यसपछि वृत्ति विकासका लागि नियमित रूपमा लोक सेवा खोलिएन, ओएनएम पनि भएन । पौडेलले भने, ‘स्थानीय र प्रदेशमा खाली हुँदाहुँदै संघमा समायोजन गरियो ।
उपसचिव, सहसचिव हुँदा वा अवकाश र राजीनामा दिँदा खाली भएको पदमा कृषि सेवा समूहका कर्मचारीको पद बढुवा भएन । हाम्रो माग पद दर्ता हुनुप¥यो भन्ने हो ।’उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा करिब ८ सय कर्मचारी कार्यरत छन् । यसमध्ये करिब १ सय ५० स्थायी कर्मचारी छन् । बाँकी सबै करारमा छन् । तर स्थायी कर्मचारीको पनि पद दर्ता भएको छैन । प्रधानमन्त्री कृषि आधुनिकीकरणबाहेक अन्य आयोजनाको अवस्था एउटै छ ।
यसअघि मन्त्रालयले सूचना जारी गरी कर्मचारी समायोजन ऐन २०७५ बमोजिम संघमा समायोजन भएका नेपाल कृषि सेवाका प्राविधिक कर्मचारीहरूको स्थायी पुल दरबन्दी स्वीकृति पद दर्ता र पदस्थापनका सम्बन्धमा कर्मचारीहरूबाट राखिएका गुनासो तथा मर्काको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै आन्दोलन स्थगित गर्न भनेको थियो ।
कृषि मन्त्रालयमा समायोजन भएका कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकोले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै आन्दोलनमा छन् । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेको ३ जना ७८ समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुने व्यवस्था गर्नुपर्ने, संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका प्राविधिक कर्मचारीहरूको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने मन्त्रालयको भनाइ छ ।
प्रतिक्रिया