(Saturday , 08 February,2025)

अकासियो हरियो तरकारीको भाउ

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । निरन्तरको वर्षाका कारण बाढीपहिरोले सडक अवरुद्ध हुँदा यसको असर तरकारीको मूल्यमा परेको छ । देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ । उपत्यका बाहिरबाट भित्रिने हरियो तरकारीको आपूर्तिमा कमी आएपछि मूल्य बढेको हो । किसानले उत्पादन गरेको तरकारी सहज रुपमा काठमाडौं भित्र्याउन नपाउँदा पछिल्लो एक सातामा तरकारीको मूल्य अत्यधिक वृद्धि भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक सातामा सानो लोकल गोलभेंडाको मूल्य २०९.८६ प्रतिशतले वृद्धि भएको छ । असार १७ गते थोकमा प्रतिकिलो १४ रुपैयाँ २० पैसामा बिक्री भएको सानो गोलभेडा २६ गते ४४ रुपैयाँ पुगेको छ । यसैगरी टनेलको सानो गोलभेंडाको भाउ १४१.२३ प्रतिशतले वृद्धि भएको छ । असार १७ गते २२ रुपैयाँ ८० पैसामा बिक्री भएको यस्तो गोलभेंडा २६ गते ५५ रुपैयाँ पुगेको छ ।

असार १७ र २६ गतेको मूल्य तुलना गर्दा तिते करेला १३८ प्रतिशतले वृद्धि भएको छ भने रायो साग १२३ प्रतिशतले बढेको छ । यसैगरी भिण्डीको भाउ ७१ प्रतिशतले वृद्धि भएको छ । भन्टा लाम्चो ३७.६७ प्रतिशतले वृद्धि भएको छ भने भन्टा डल्लो ३२.३५ प्रतिशतले वृद्धि भएको छ । यस्तै बोडी ६६.६७ प्रतिशत वृद्धि भएको छ । असार १७ मा ५४ रुपैयाँ प्रतिकिलो पर्ने बोडी असार २६ मा ९० रुपैयाँमा बिक्री भएको छ । घिउ सिमी प्रतिकिलो २१.७४ प्रतिशत र भटमास कोशा ४७.२९ प्रतिशत वृद्धि भएको छ ।

तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले निरन्तर वर्षाका कारण पछिल्लो एक सातामा सबै हरियो तरकारीको मूल्य वृद्धि भएको जानकारी दिए । उनले भने, ‘वर्षाका कारण आपूर्ति कम हुँदा गोलभेंडा, बोडी, भिन्डी, काउली, सिमी, लौका, तिते करेलालगायत सबैजसो हरियो तरकारीको मूल्य बढेको छ । वर्षायाममा प्रत्येक वर्ष हरियो तरकारीको मूल्य बढ्ने गर्छ । किसानले वर्षाका कारण खेतबारीमा पुगेर तरकारी टिप्न र टिपेको तरकारी बजारसम्म पु¥याउन सकिरहेका छैनन् ।’ उनका अनुसार वर्षाका कारण सिजनल तरकारीको मूल्य पनि अत्यधिक वृद्धि भएको छ । आलु र प्याजमा भने हरियो तरकारीको जस्तो मूल्यवृद्धि छैन ।

कालिमाटी तरकारी तथा फलफूल थोक बजार संघका पूर्वअध्यक्ष भरत खतिवडाले पछिल्लो समय निरन्तर परेको वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरोध हुँदा अधिकांश हरियो तरकारीको मूल्य वृद्धि भएको बताए । ‘हरेक बर्खामा बाढीपहिरोले सडक अवरोध हुँदा हरियो तरकारीको मूल्य बढ्ने गरेको छ । यसतर्फ सरकारले ध्यान दिनुपर्छ,’ उनले भने ।

पाँचखालका तरकारी उत्पादक सुभास लुइँटेलका अनुसार किसानले अहिले खेतबारीमै तरकारीको मूल्य राम्रो पाइरहेका छन् । व्यापारीहरुले किसानको खेतबाट अहिले गोलभेंडा प्रतिकार्टुन १७–१८ सय रुपैयाँ र बोडी, सिमी किलोको १ सयका दरले खरिद गरी लिने गरेको लुइँटेलले बताए ।

‘विगतमा वर्षा याममा व्यापारीले किसानबाट सस्तो मूल्यमा लिएर बजारमा महँगोमा बिक्री गर्ने गरेको जस्तो अवस्था अहिले छैन । किसानहरुले पनि बजारमा मूल्यको जानकारी लिने र व्यापारीमा पनि प्रतिस्पर्धा बढेका कारण किसानले समयअनुसार तरकारीको मूल्य पाउने गरेका छन्,’ उनले भने ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal