(Tuesday , 21 January,2025)

गण्डकी र लुम्बिनीको आर्थिक वृद्धिदर राष्ट्रको बढी 

mountainejournal.com

mountainejournal.com

काठमाडौंँ । आर्थिक वृद्धिदर अनुमान राष्ट्रको भन्दा गण्डकी प्रदेशको हुने प्रारम्भीक अनुमान रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार उपभोक्ताको मूल्यका आधारमा  चालु आर्थिक वर्ष २०८०÷८१ मा गण्डकी र लुम्बिनीको प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रको भन्दा बढी हुने अनुमान छ । प्रदेशगत रूपमा गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबै भन्दा धेरै ४.५५ प्रतिशतले हुने अनुमान गरेको छ ।

राष्ट्रिय अनुमानको तुलनामा गण्डकीको ०.६८ प्रतिशत र लुम्बिनीको ०.१८ बढी हो । राष्ट्रिय स्तरमा यो वर्ष ३.८७ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान कार्यालयले गरेको थियो । यस्तै लुम्बिनी प्रदेशमा ४.०५ आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । त्यसैगरी, सबैभन्दा थोरै वृद्धिदर ३.३९ प्रतिशत कर्णाली प्रदेशमा हुने प्रारम्भिक अनुमान रहेको छ ।

उपभोक्ताको मूल्यमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ३.८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै  कार्यालयका निर्देशक गणेश प्रसाद आचार्यले जानकारी दिए । उक्त प्रदेशमा आर्थिक गतिविधि बढी भएकोले आर्थिक वृद्धिदर भार बढी देखिने प्रारम्भिक अनुमान गरेको उनले बताए । उनले बाँकी प्रदेशहरुमा राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको बताए । 

कार्यालयका निर्देशक आचार्यले चालु आ.व.२०८०÷८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब ५ अर्ब हुने अनुमान गरिएकोमा बागमती प्रदेशले ३६.४ प्रतिशत, कोशी प्रदेशले १५.८ प्रतिशत, लुम्बिनी प्रदेशले १४.३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।  यस्तै उनले मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदुर पश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान रहेको बताए ।  चालू आवको २०८०÷८१ को प्रारम्भिक अनुमान, आ.व.२०७९÷८० को संशोधित अनुमान तथा आ.व.२०७८÷७९ को अन्तिम तथ्याक बमोजिमको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर अनुमान गरेको हो ।  

कार्यालयको तथ्यांक अनुसार सबै प्रदेशमा आ.व.२०७८÷७९ को वृद्धिदरभन्दा आ.व.२०७९÷८० को वृद्धिदर कम देखिन्छ । आ.व.२०७९÷८० को वृद्धिदरभन्दा आ.व.२०८०÷८१ को वृद्धिदर धेरै रहेको देखिन्छ । औद्योगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आ.व.र यस आ.व.मा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिएको उनले जानकारी दिए । 

चालु आ.व. २०८०÷८१ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले मधेश प्रदेशमा पनि दोस्रो हिस्सा ओगटेको पाइएको आचार्यले बताए ।  निर्देशक आचार्यका अनुसार बागमती प्रदेशमा घर जग्गासम्बन्धी कारोवार तथा आफ्नै आवास सेवाको हिस्सा दोस्रोस्थानमा रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रोस्थानमा छ । 

बागमती र मधेश प्रदेश बाहेकसबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ भने बागमतीमा पानी आपुर्ती तथा फोहर व्यवस्थापन सम्बन्धी क्रियाकलाप र मधेशमा खनिज तथा उत्खनन् क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिएको उनले जानकारी दिए । 

चालु आ.व. २०८०÷८१ को औद्योगिक वर्गीकरण अनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा आवास तथा भोजन सेवाको सबैभन्दा धेरै (२१.८४ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएकोमा लुम्बिनी प्रदेश बाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । लुम्बिनी प्रदेशमा विद्युत क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिएको बताएको छ ।

त्यसैगरी सुदुरपश्चिमर कोशीप्रदेशमा उद्योग क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहेको छ भने अन्य प्रदेशमा निर्माण क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून देखिएको कार्यालयले जनाएको छ । निर्माण क्षेत्रको वृद्धिदर सबै प्रदेशमा ऋणात्मक देखिन्छ भने उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिदर कर्णाली प्रदेश बाहेक अन्य प्रदेशमा ऋणात्मक देखिन्छ । राष्ट्रिय तहमा पनि यी दुई क्षेत्रको वृद्धिदर ऋणात्मक रहने प्रारम्भिक अनुमान गरिएको छ । 

कोशी प्रदेश 

कोशी प्रदेशको कुल गार्हस्थ्यउत्पादन उपभोक्ताको मूल्यमाचालुआ.व. २०८०÷८१ का लागि करिब  ९ खर्ब ३ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आ.व. २०७९÷८० मा करिब  ८ खर्ब ४९ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८४ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ ।  गत आ.व. २०७९÷८० मा यस प्रदेशले १५.८८ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०÷८१ मा ३.५१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९÷८० मा २.१३ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । 

चालु आ.व. २०८०÷८१ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै ३२.८० प्रतिशत योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने अनुमान छ । यस्तै  सबैभन्दा न्यून ०.३२ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ । गत आ.व. २०७९÷८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान ३२.६८ प्रतिशत मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.३१ मा रहने संशोधित अनुमान गरिएको छ । 

कोशी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २२.३२ प्रतिशत  आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–२.६७ प्रतिशत उत्पादनमुलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी गत आ.व. २०७९÷८० का लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २६.३० प्रतिशत विद्युत क्षेत्रको र सबैभन्दा थोरै (–२.९६ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ । 

मधेश प्रदेश

कार्यालयको तथ्यांक अनुसार मधेश प्रदेशको कुल गार्हस्थ्यउत्पादन उपभोक्ताको मूल्यमाचालुआ.व. २०८०÷८१ का लागि करिब  ७ खर्ब ४८ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ भने गतआ.व. २०७९÷८० मा करिब ७ खर्ब ३ अर्ब रुपैयाँ रहने संशोधित अनुमान छ ।चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १३.१२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान छ ।  गतआ.व. २०७९÷८० मा यस प्रदेशले १३.१४ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ ।

त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०÷८१ मा ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९÷८० मा १.५० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । चालु आ.व. २०८०÷८१ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै ३५.१९ प्रतिशत योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.१५ प्रतिशत योगदान खानी तथा उत्खनन् क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ । गत आ.व. २०७९÷८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान ३४.८१ प्रतिशत मा हुने प्रारम्भिक अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१६) मा रहने संशोधित अनुमान गरिएको छ । 

मधेश प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२१.९५ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (–२.१९ प्रतिशत निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी गत आ.व. २०७९÷८० का लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (१५.६९ प्रतिशत विद्युत क्षेत्रको र सबैभन्दा थोरै –३.३६ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान  छ ।

बागमती प्रदेश

बागमती प्रदेशको कुल गार्हस्थ्यउत्पादन उपभोक्ताको मूल्यमाचालुआ.व. २०८०÷८१ का लागि करिबरु. २० खर्ब ७५ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ ।  यस्तै गत आ.व. २०७९÷८० मा करिब १९ खर्ब ३८ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ३६.३६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान कार्यालयको छ । गत आ.व. २०७९÷८० मा यस प्रदेशले ३६.२२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०÷८१ मा ३.९६ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९÷८० मा १.७७ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । 

चालु आ.व. २०८०÷८१ मा बागमतीप्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै २१.५३ प्रतिशत योगदान थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको रहने र सबैभन्दा न्यून ०.२८ प्रतिशत योगदान पानी आपुर्ति तथा फोहर व्यवस्थापन क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ ।  गत आ.व. २०७९÷८० मा पनि थोक तथा खुद्रा व्यापार, मोटर भेहिकल मर्मत क्षेत्रको योगदान अग्रस्थान २१.९८ प्रतिशतमा हुने प्रारम्भिक अनुमान र पानी आपुर्ति तथा फोहर व्यवस्थापन क्षेत्रको योगदान अन्तिम स्थान ०.३० प्रतिशत मा रहने संशोधित अनुमान गरिएको छ । 

बागमती प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २०.९३ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै –२.७१ प्रतिशत निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, गत आ.व. २०७९÷८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै १८.७० प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै –२.९८ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कुल गार्हस्थ्यउत्पादन उपभोक्ताको मूल्यमाचालुआ.व. २०८०÷८१ का लागि करिब  ५ खर्ब १७ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आ.व. २०७९÷८० मा करिब ४खब ८४ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको छ । चालुआ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ९.०६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ ।  गतआ.व. २०७९÷८० मा पनि यस प्रदेशले ९.०६ प्रतिशत नै योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०÷८१ मा ४.५५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९÷८० मा ३.३० प्रतिशत रहने संशोधित अनुमान गरेको छ । 

चालु आ.व. २०८०÷८१ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै २५.७२ प्रतिशत योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.३१ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ । गत आ.व. २०७९÷८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान २५.४३ प्रतिशत मा हुने प्रारम्भिक अनुमान छ भने प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.३१ मा रहने संशोधित अनुमान गरिएको छ । 

गण्डकी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै २२.८४ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै –१.९६ प्रतिशत निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, गत आ.व. २०७९÷८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २१.९७ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै –२.७६ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान छ ।

लुम्बिनी प्रदेश

तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार लुम्बिनी प्रदेशको कुल गार्हस्थ्यउत्पादन उपभोक्ताको मूल्यमा चालु आ.व. २०८०÷८१ का लागि करिब  ८ खर्ब १४ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ ।  गत आ.व. २०७९÷८० मा करिब ७ खर्ब ६४ अर्ब रुपैयाँ रहने संशोधित अनुमान छ । चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १४.२६ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ ।
 गत आ.व. २०७९÷८० मा यस प्रदेशले १४.२९ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ ।

त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०÷८१ मा ४.०५ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९÷८० मा १.९९ प्रतिशत रहने संशोधित अनुमान छ । चालु आ.व. २०८०÷८१ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै २९.६३ प्रतिशत योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.३४ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ । 

गत आ.व. २०७९÷८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान २९.२७ प्रतिशत मा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.३३ प्रतिशतमा रहने संशोधित अनुमान छ । लुम्बिनी प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २८.९३ प्रतिशत विद्युत क्षेत्रको र सबैभन्दा थोरै –१.४३ प्रतिशत उत्पादनमूलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान छ । 
त्यसैगरी, गत आ.व. २०७९÷८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै (२०.५७ प्रतिशत) विद्युत क्षेत्रको र सबैभन्दा थोरै –३.१४ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कुल गार्हस्थ्यउत्पादन उपभोक्ताको मूल्यमाचालुआ.व. २०८०÷८१ का लागि करिबरु. २ खर्ब ४४ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ भने गतआ.व. २०७९÷८० मा करिब  २ खर्ब रुपैयाँ २९ अर्बरहने संशोधितअनुमान गरिएको छ । चालु आ.व. मा यस प्रदेशलेराष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ४.२८ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ। गतआ.व. २०७९÷८० मा पनि यस प्रदेशले ४.२८ प्रतिशत नै योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०÷८१ मा ३.३९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । 

यस्तै गत आ.व. २०७९÷८० मा १.९६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । चालु आ.व. २०८०÷८१ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै २९.५१ प्रतिशत योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.१७ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान  कार्यालयको छ ।  यस्तै गत आ.व. २०७९÷८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान २९.३२ प्रतिशतमा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.१६ मा रहने संशोधित अनुमान गरिएको छ ।

कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २२.५२ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै –१.०२ प्रतिशत निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यसैगरी, गत आ.व. २०७९÷८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २१.८७ प्रतिशत विद्युत क्षेत्रको र सबैभन्दा थोरै –२.३१ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रकोरहने संशोधित अनुमान छ ।

सुदुरपश्चिम प्रदेश

सुदुरपश्चिम प्रदेशको कुल गार्हस्थ्यउत्पादन उपभोक्ताको मूल्यमाचालुआ.व. २०८०÷८१ का लागि करिब ४ खर्ब ४ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान गरिएको छ  । गत आ.व. २०७९÷८० मा करिब ३ खर्ब ८१ अर्ब रुपैयाँ रहने संशोधितअनुमान छ । चालु आ.व. मा यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा ७.०९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान गरिएको छ । गत आ.व. २०७९÷८० मा यस प्रदेशले ७.१३ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ ।

त्यसैगरी, यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु आ.व. २०८०÷८१ मा ३.४१ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत आ.व. २०७९÷८० मा १.५२ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । चालु आ.व. २०८०÷८१ मा सुदुरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै ३३.०० प्रतिशत योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून ०.१३ प्रतिशत योगदान प्रशासनिक सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान छ । गत आ.व. २०७९÷८० मा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान ३२.४५ प्रतिशतमा हुने प्रारम्भिक अनुमान र प्रशासनिक सहयोगी सेवा क्षेत्रको योगदान अन्तिम स्थान ०.१२ मा रहने संशोधित अनुमान छ

सुदुरपश्चिम प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आ.व. २०८०÷८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै २२.३३ प्रतिशत आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै –१.८२ प्रतिशत उत्पादनुमुलक उद्योग क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ।त्यसैगरी, गत आ.व. २०७९÷८० का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै १७.८१ प्रतिशत विद्युत क्षेत्रको र सबैभन्दा थोरै –२.९६ प्रतिशत थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरेको छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal